Gorkha Sansar

बन्दिपुर १ को पिपलेमा हेल्थ डेस्क स्थापना

डुम्रे,तनहुँ ।

कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भन्दै नेपाल र नेपालीको सुरक्षाको लागि सरकारले म‌ंगलबार बिहान ६ बजेदेखि लागु हुने गरि देशभर नै लकडाउन गरेपछि यो निर्णयको अनुसरण गर्दै बन्दिपुर १ को पिपलेमा हेल्थ डेस्क स्थापना गरिएको छ।

बुधबार (आज) बाट सो हेल्थ डेक्स संचालन कार्य शुरू गरिएको हो। पर्यटकिय नगरी बन्दिपुर अावत जावत गर्ने मुख्य नाकाका रूपमा मानिने पिपलेमा स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मी सहितको हेल्थ डेक्स राखि नागरिकहरूमा अावश्यक चेकजाँच तथा (काेभड १९) कोरोना भाइरसकाे संक्रमण लाई शून्य वनाउन अावश्यक स्वास्थ्य सेवा र शिक्षा दिने र याे कार्य केही दिन सम्म निरन्तर हुने बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयो।

अत्याधुनिक उपकरण सहितको स्वस्थ्यकर्मिहरुलाइ सुरक्षा ब्यवस्थाको साथमा सेनिटाइजरले हात धुने,ज्वोरो नाप्ने,तथा औषधि समेत गरि ३ जना स्वस्थ्यकर्मिको ब्यवस्था गरिएको छ।बन्दिपुर १ को शहरी स्वस्थ्य इकाई बाट सो सेवा प्रदान गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.