Gorkha Sansar

कपिल लामाको उत्कृष्ट निर्देशन जुना गुरुङको दर्दानक अभिनय अनि खेम सेन्चुरीको स्वरमा “म रोएको सुन्छेऊ होला र” भिडियोसहित बजारमा

कविराज ढकाल , काठमाडौं नेपाल ||
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।

यसै सन्दर्भमा लोक दोहोरी गायक सर्जक खेम सेन्चुरिको आवाजमा सजिएको निकै मार्मिक गित ” म रोएको सुन्छेऊ होला र” बजारमा आएको छ | जसमा गणेश केसीको निकै मार्मिक शब्द सृर्जना एवम् खेम सेन्चुरीको उत्कृष्ट लय सिर्जना रहेको छ ||

गित
मर्छु बौलार                      ए सानु म रोएको सुन्छेऊ होला र

विन्ति गर्छु म कोटी कोटी
फर्किएर आईदेऊ न एकचोटी

सपनिमा झुर्लुक आछेऊ
एकछिन पछि कहा जान्छेऊ

उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ | उक्त गितलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नुभएको छ || भने पछिल्लो समयमा  व्यस्त नायिका मोडेल जुना गुरुङ  र ईश्वर बाबुको उत्कृष्ट अभिनय रहेको छ समस्तमा गित पनि निकै उत्कृष्ट  रहेको छ | सुरज श्रेष्ठले छायाकन गरेको भिडियोमा मनोज कार्किले सम्पादन गर्नु भएको छ |

उक्त गीतमा जीवन साथी गुमाएपछिको दुखद कथालाई समेटिएको छ । मात्रै दुई श्रीमानश्रीमती भएको एउटा सानो खुसी परिवारमा सन्तानको आगमन हुदैछ भन्ने खबरपछी छाएको खुसिमा बाँचेका जोडि गीतमा बिछोडिएका छन् ।
सन्तानको आगमनको सपना बुनेर बसेकोलाई एकाएक श्रीमती र संसार देख्न नपाउँदैको सन्तानले छोडेर जादा एक्लो प्राणिमा दुखको पहाड बर्सिन्छ यहि कथालाई ईश्वरबाबू र जुना गुरुङले अभिनयमार्फत उतारेका छन् ।
गीतमा श्रीमतीको मृत्युपछि भुल्न नसकेर उनैको यादमा पागल बनेको त्यो दृश्य निकै पिडादयी बनेको छ । गीत बजारमा आउनुअगाडिनै टिकटकमा निकै रुचईएको छ र सबैले पखिएको गीतपनि हो ।

उक्त गीतलाई Ganesh kc को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तलको LINK खिच्नुहोस्

गितले सबैको मन जितोस् शुभकामना

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.