Gorkha Sansar

काेराेनाकाे संक्रमणबाट जाेगाउन एक महिना सार्वजनिक

गाेरखा संसार

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सन्त्रास नेपालमा पनि फैलिएको छ । सौभाग्य भन्नुपर्छ, अहिलेसम्म नेपालमा यसको संक्रमण फैलिन पाएको छैन । तर यतिमै ढुक्क भएर बस्न सकिने अवस्था नरहेको भन्दै चिकित्सकहरुले एक महिना सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेका छन् ।चिकित्सकहरुले सार्वजनिक बिदा दिएका खण्डमा विद्यालय, कलेजमा पढ्ने विद्यार्थी तथा कर्मचारी, कार्यलयमा कार्यरत कर्मचारी लगायत आ आफ्नो घर जाने भएकाले काठमाण्डौ सुरक्षित राख्न सकिने भन्दै सरकार समक्ष सार्वजनिक बिदाको लागि आग्रह गरेको बताइएको छ ।

शुरूमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारी पक्षको छ । त्यसयता कोरोनाको आशंकामा अस्पताल भर्ना भएकाहरूलाई कोरोनाको संक्रमण नपाइएको बताइएको छ ।यसैबिच, शिक्षा मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन र सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न मन्त्रालयले निर्देशन पनि दिएको छ।सरकारले स्कुलको वार्षिक परिक्षा चैत्रको ५ भित्र सक्नपनि निर्देशन दिइसकेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.