Gorkha Sansar

पाेखरीमा डुबेर १३ बांदरकाे मृत्युु

गाेरखा संसार

गाेरखा,

पोखरीमा डुबेरमा गोरखमा १३ वटा बाँदर मरेका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित शिखरको खोलडाँडाको निर्माणाधीन पोखरीमा एकैसाथ १३ वटा बाँदर मृत अवस्थामा स्थानीयले फेला पारेका छन् ।

‘केही बाँदर पोखरीभित्र डुबेर मरिसकेका रहेछन,’ स्थानीय गणेश थापाले भने, ‘पोखरीमा डुबेका बाँदरलाई हेर्दै डिलमा बसेर अरु बाँदर कराइरहेका थिए।’ वडा कार्यालयले दमकलका लागि पानी भर्न बनाउँदै गरेको पोखरीमा डुबेर बाँदर मरेको थापाले बताए। स्थानीयले डुबेका बाँदर बचाउन निकै प्रयास गरे।

‘गाउँकै पूजामा व्यस्त थियौँ, खबर सुनेपछि पोखरी पुगेका हौँ,’ अर्का स्थानीय कृष्ण पुडासैनीले भने,‘डिलका बाँदरलाई धपाएर चोके लौरोको साहाराले डुबेका बाँदरको उद्धार गर्दा एउटै बचेका झिक्‍न सकिएन।’

तिर्खा लागेर बाँदर पोखरीमा छिरेको हुनसक्‍ने स्थानीयको अनुमान छ। निर्माणाधीन पोखरीको तारबार गर्न बाँकी थियो। पोखरीमा आधा मिटर जति पानी जमेको थियो। मरेका बाँदरलाई खाल्डा खनेर व्यवस्थापनको तयारी भइरहेको स्थानीयले बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.