तनहुँको भानुमा दोस्रो राष्ट्रिय कृषि जैविक दिवश मनाईयो

माघ ७, भानु
तनहुँको भानुमा दोस्रो राष्ट्रिय कृषि जैविक दिवश मनाईएको छ । “ कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग हाम्रो प्रतिवद्धता ” भन्ने नाराका साथ सप्ताहब्यापी रुपमा मनाईएको दिवश आईतबार सम्पन्न भएको छ ।
भानु नगरपालिका वडा नं. ९ को बाईसजाँगरमा एक कार्यक्रमका बीच गण्डकी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले समुद्घाटन गर्नु भएको हो । कृषि ज्ञान केन्द्र तनहुँको आयोजना, जैविक विविधता संरक्षण समिति पुर्कोट सामुदायीक बीउ बैंक भानुको सह–आयोजना र भानु नगरपालिकाको सहयोगमा कार्यक्रम गरिएको जैविक विविधता संरक्षण समितिका सिताराम बजगाईले बताउनु भयो ।
स्थानीय रैथाने जातको बीउको संरक्षणमा जोड दिई, कृषकको आम्दानीको अवस्थामा वृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभएको छ । साथै उहाँले खाद्य तथा पोषण सुरक्षा ध्यान दिनु पर्ने भन्दै रैथाने बालीको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो ।
जैविक विविधता संरक्षण समिति पुर्कोट सामुदायीक बीउ बैंक भानुका अध्यक्ष विकलराज अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकता दिएको र किसानका लागि सहयोग हुने खालका योजना निमार्ण गरी किसान लक्षित कार्यक्रम अगाडि बढाईएको जानकारी दिनुभयो ।
कार्यक्रममा भानु नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरु बीच “कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग हाम्रो प्रतिवद्धता” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा कर्मदा माविकी राधिका घले प्रथम, कर्मदा मावि कै बविता अधिकारी द्धितिय, मनोहर माविका सन्तोष कुमाल तृतिय , पुर्कोट माविकी अप्सरा मिया र मस्र्याङ्दी प्राविका कृष्ण श्रेष्ठले सान्त्वना स्थान प्राप्त गर्नु भएको भानु नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखाका राजन सेढाईंले जानकारी दिनुभयो ।
कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतम, वडा अध्यक्ष मिनबहादुर गुरुङ लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.