नवौं छपेली कप फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफाको पोल्टामा

माघ १, डिपि अधिकारी
तनहुँको बन्दीपुर गाउँपालिका– १ छापमा गत पौष २० गतेबाट शुरु नवौं छपेली कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफाले हात पारेको छ ।
सोमबारको फाईनल खेलमा निर्धारित समय अवधिभर आयोजक छपेली युवा क्लब ए र बन्दिपुर ४ बिमलनगरमा रहेको सिद्धगुफा युवा क्लवले समान २ /२ गोल गरेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो । पेनाल्टि सुट आउटमा ३ – १ को गोल अन्तरमा सिद्धगुफा च्याम्पियन बनेको हो ।
आईतबार भएको पहिलो सेमीफाईनलमा सिद्धगुफा युवा क्लवले १७ वर्ष मुनिका खेलाडी आवद्ध रहेको छपेली क्लबलाईे हराएपछि सिद्धगुफाले फाईनलको यात्रा तय गरेको थियो भने आयोजक छपेली ए ले न्यू बुद्धलाई हराउँदै छपेली फाईनलमा पुगेको थियो ।
च्याम्पियन बने सँगै सिद्धगुफाले एक लाख २५ हजार १२५ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उप–विजेता आयोजक छपेलीले ६१ हजार ६१ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको अध्यक्ष विजय रानाले बताउनु भएको छ ।
त्यसैगरी भेट्रन्स तर्फ काहुँ मिलन युवा क्लब झापुटार पहिलो बनेको छ । सोमबार भएको फाईनल खेलमा चाम्बास युवा क्लबलाई ४ – ० को फराकिलो अन्तरले हराउँदै काहुँ मिलन पहिलो बनेको हो । काहुँ मिलनले पहिलो पुरस्कार भेंडा प्राप्त गरेको छ भने दोस्रो बनेको चाम्बासले बोका पुरस्कार प्राप्त गरेको आयोजकले बताएको छ । यस्तै, सेमिफाइनल पुग्न सफल छपेली अन्डर सेभेन्टिन र न्यूबुद्धले नगद १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडी आयोजक छपेलीका सलिन तामाङ्ग, सर्वाधिक गोलकर्ता सिद्धगुफाका राम थापालाई जनहि नगद २ हजार ५ सय पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
छाप खेल मैदानमा सोमबार भएकोे फाईनल प्रतियोगितामा गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वस्थ्य मन्त्री शुसिला सिंखडाले सम्बोधन गर्दै राष्ट्रिय खेलाडि उत्पादन गर्न स्थानीय क्लबहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै तनहुँमा खेलका गतिविधिहरु संचालन गर्न प्रदेश सरकारले सहयोग गर्दै आईरहको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा बन्दिपुर गापाका अध्यक्ष सुरेन्द्र थापा, निवर्तमान अध्यक्ष पूर्णसिंह थापा, वडा अध्यक्ष शिबकुमार श्रेष्ठ, कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनितिक दलका नेताहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।
‘सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगिता दुई विधामा खेलाईएकोे आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष रानाले जानकारी दिनु भयो ।
स्व. बाबुराम पाटा र स्व. लालबहादुर पाटा मगरको स्मृतिमा प्रत्येक वर्ष माघे संक्रान्ति पर्वलाई लक्षित गरी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.