भानुमा बजार अनुगमनलाई निरन्तरता, म्याद सकिएको अखाद्यबस्तु भेटियो

डिपी अधिकारी                                                                         भानु, असोज २६
तनहुँको भानु नगरपालिकाको बजार क्षेत्रमा अनुगमनलाई निरन्तरता दिँदै सुक्रबार पनि अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं.१ को डुम्रे–साजबोटे, कल्याणटार र सालबिस्ने क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरिएको हो । नेपालीहरुको महान चाड दशैं, तिहार लगाएतका चाडपर्वमा बजारमा हुन सक्ने कालोबजारी, अखाद्य बस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका ब्यवशाय, सरसफाईको अवस्था लगाएतका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिनुभयो ।
चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तरगत बजार क्षेत्रहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताउनु भयो । भानु नगरपालिका अन्तरगतका मुख्य बजारहरु भन्सार, तुरतुरे, बाईसजंगार, चन्द्रावती लगाएतका बजार क्षेत्रमा पनि अनुगमन गरिने उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, लगाएतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्यबस्तु , ब्यवशाय दर्ता नगरि संचालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि लगाएतको कैफियत देखिएको नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताउनु भयो । साथै उहाँले ब्यवशाय दर्ता नगर्नेका लागि तत्काल ब्यवशाय दर्ता गरी संचालन गर्न, मूल्यसुची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको बताउनुभयो । भेटिएका अखाद्य बस्तुलाई जफत गरी नियन्त्रणमा लिई डिस्पोज गर्ने तयारी भैरहेको भन्दै त्यस्ता ब्यापारीलाई कारबाही गरिने जानकारी दिनुभयो ।
अनुगमनमा उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नं. १ का वडा सदस्यहरु तुलबहादुर गुरुङ, बिबेक श्रेष्ठ, बरिष्ठ अधिकृत सुनिल पाण्डे, ईलाका प्रहरी कार्यालय भानुका प्रहरी बरिष्ठ नायब निरीक्षक हरि नारायण श्रेष्ठ, नगरपालिकाको विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी प्रमुख फुर्का तामाङ लगाएतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.