हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउँदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरू हाते ट्याक्टरप्रति आकर्षित हुँदै गएका हुन् । पछिल्लो समय किसानहरू गोरुले जोत्न छोडेर आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग खेत जोत्न थालेका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले तीन वर्षदेखि हाते ट्याक्टरले खेत जोत्दै आएको रघुगंगा गाउँपालिका- २ राखु भगवतीका देवबहादुर खत्रीले बताए । उनले गाउँमा कृषि खेती गर्ने क्रम घट्दै गएको छ, काम गर्ने मान्छे पाउन पनि ग्राहो भएकोले यो प्रविधिले धेरैलाई कृषि खेती गर्न सहज गराएको अनुभव सुनाए ।

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्याक्टरले एक,दुई घण्टामा सक्ने भएकाले समय र श्रमको समेत बचत हुँदा किसानहरू गोरु पाल्न छोडेर हाते ट्याक्टरप्रति आकर्षण हुँदै गएको पाइएको उनले बताए । “गोरु नलाग्ने ठाउँमा समेत हाते ट्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटो छरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्याक्टर उनले भने । “खेत जोत्ने क्रममा मेशिन बिग्रँदा तत्काल मर्मतको समस्या हुने भएकोले तालिम आवश्यक छ, कृषि यन्त्रका सामानहरू सस्तो र भरपर्दो पाउने व्यवस्था सरकारले मिलाउन पर्छ।”

कृषि ज्ञान केन्द्र म्याग्दीका केन्द्र प्रमुख किरण सिग्देलले पछिल्लो समय जिल्लामा कृषकले सहजताको लागि कृषि यन्त्र ( खेत जात्ने ट्याक्टर) खरिद गर्नेको सङ्ख्या बढेपनि निश्चित समयमा प्रयोग हुने अन्य समयमा प्रयोग नहुने समस्या बढेको बताए । उनले निर्वाहमुखी खेतीमा श्रम गर्ने जनशक्ति कम हुँदै जाँदा प्रयोग राम्रो भएपनि कृषि खेतीको आम्दानी भन्दा बढी खर्च देखिएको बताए ।

“अनुदानमा ट्याक्टर सँगसँगै बिग्रेमा बनाउने किसानलाई तालिम, कृषि खेतीमा जग्गाको वर्गीकरण गरेर खेती गर्ने प्रचलन राखेमा यसको प्रयोग निरन्तर हुने छ”- उनले भने । “पहाडी भूगोलको कृषि खेतीमा गोरु नै प्रभावकारी हुने देखिन्छ तर श्रम गर्ने जनशक्तिको अभावले कृषि खेतीमा आम्दानी कम खर्च बढी भएपनि किसानले कृषि यन्त्रको प्रयोग बढाएका छन्।” खेतीमा काम गर्ने जनशक्तिको अभावकाबिच किसानले उत्पादन भएको बस्तुकोसमेत उचित मूल्य पाउने व्यवस्था नहुँदा सुविधाहरू भित्रिए पनि खेती योग्य जमिन बाँझो बस्ने क्रम बढ्दै गएको छ ।
भिडियो :

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.