ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ ।

उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत अपचलन देखिएको सिडिओ श्रेष्ठले बताइन । ‘बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भनिन्, ‘सहकारी विभागले अनुसन्धान गर्दैछ, केही दिनमै यथार्थ विवरण आउला ।’ इमेज वचत तथा ऋण सहकारी पोखरा महानगरपालिकामा दर्ता गरेका छन्। जहाँबाट ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ अपचलन गरेको सहकारीका प्रबन्धक दीपक पौडेलले बताए। उक्त रकम उनले घर जग्गा कारोबारमा लगानी गरेको पौडेलले बताए । दुई संस्थाको गरी नेपालीले २ अर्ब अपचलन गरेको उनीहरूले बताएका छन्।अपरेशन हेड बनाएका थिए। ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए। मगर र नेपाली पनि सम्पर्कविहिन छन ्।

‘विश्वासको आधारमा काम गरें, अहिले आएर सम्पर्कविहीन भए,’ उनले सेतोपाटीलाई भने, ‘मलाई त रबर स्ट्याम्प हिसाबमा काम लगाए।’ मेयर नेपालीले बागलुङमा पनि इमेज बचत तथा ऋण सहकारी संस्था संचालन गर्न तत्कालीन रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका थिए।बागलुङमा संचालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजार रहेको छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र संचालनमा छ। सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ। एउटा प्रदेश भन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ। सहकारी ऐनले तोकेको सोही व्यवस्था अनुसार मेयर नेपालीले पोखरा र बागलुङमा एउटै नामका २ छुट्टा छुट्टै सहकारी दर्ता गरेका हुन्। तर सोही ऐनले एउटै व्यक्ति २ वटा सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्। उक्त सहकारीका पीडितहरु भने सरकारका नियमनकारी निकायले आवश्यक अनुगमन नगरेकाले उनी कारबाहीमा नपरेको गुनासो गर्छन्। २०७४ मा स्थानीय तहको निर्वाचन भएपछि ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले त्यसपछि सहकारीको संचालक पद छाड्नुपर्थ्यो।

सहकारी विनियमले जनप्रतिनिधीलाई संचालक बन्न नपाउने व्यवस्था गरेकोल पोखरा महानगरका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले बताए। ‘एकै व्यक्ति दुई सहकारीको अध्यक्ष बन्न मिल्दैन, जनप्रतिनिधी त एउटै सहकारीको पनि संचालक हुन पनि पाउँदैनन्,’ उनले भने। मेयर नेपालीले यसरी कानुनको उल्लङ्घन गरेका कुरा सहकारीमा बचत गरेका पीडित महानगरको सम्पर्कमा आएपछि मात्र थाहा पाएको उनको भनाई छ। कानुन विपरित काम गरेको र सहकारीमा बचत सर्वसाधारणको रकम अपचलन भएको भन्दै नियन्त्रणमा लिएर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको पौडेलले बताए। ‘सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर बेपत्ता भएको सूचना हामीले पाएपछि हामीले जिल्ला प्रशासन कार्यालयलाई नियन्त्रणमा लिएर कारबाही गर्न पत्राचार गरेका छौं,’ उनले भने। सहकारीमा रकम बचत गरेका सर्वसाधारणले मेयर नेपालीलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासनले चासो नदिएको गुनासो गरेका छन्। पोखरा र बागलुङका सर्वसाधारण दिनहुँ प्रहरी र प्रशासनमा धाइरहेका छन्। एउटा कार्यालयले अर्को कार्यालयलाई देखाएर तर्किने गरेको पोखराका पीडित हरि खत्रीले बताए।

‘इमेज सहकारीका अध्यक्षलाई नियन्त्रणमा ल्याइदिनुस् भनेर जी हजुरी गरेका छौं,’ उनले भने, ‘महानगरमा गयो हामीलाई अधिकार छैन भन्छ, सिडिओ कार्यालय गयो महानगरलाई भन्नुपर्छ भन्छ, प्रहरीमा गयो सबै अधिकार महानगरमा गएको छ भन्छ, हामी यता र उता धाउँदा धाउँदा हैरान भयौं।’ बागलुङबाट पोखरा बसाई आएका खत्रीलाई बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीमा बचत जम्मा गर्न उनका साथीहरुले सुझाएका थिए। साथीका सुझाव मानेर खत्रीले आफ्नो मात्र नभई आफन्तका पनि बचत लगेर सोही सहकारीमा जम्मा गरेका थिए। ‘साथीहरको सुझाव मानेर मैले आफ्नो,दिदी, छोराछोरी लगायत आफन्तको बचत पनि यही सहकारीमा राखें,’ उनले भने, ‘हाम्रो परिवारभित्रको मात्र १ करोड बचत छ।’ सहकारीमा उनले बचत गरेको रकम अहिले कागजको ढड्डामा मात्र उल्लेख छ। उनले राखेको पैसा सहकारीमा छैन। आफूले बचत गरेको रकम निकाल्न खोज्दा पनि सहकारीले नदिएको उनले बताए। ‘हामीले राखेको पैसा आवश्यक पर्दा झिक्न जाँदा दिएन, अध्यक्षसँग कुरा गर्दा मिलाउँछु मात्र भन्थे,’ उनले भने, ‘५ दिनअघि मात्र सम्पर्क हुँदा पनि मिलाउँछु भनेका थिए।’

पोखराका सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ठगीको उजुरी दिँदा दर्ता नभएको गुनासो गरेका छन्। बागलुङ बजारमा मुख्य कार्यालय रहेर बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र चलाएको अर्को इमेज बचत तथा ऋण सहकारीबाट डेढ अर्ब अवचलन भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। बागलुङमा रहेको उक्त सहकारीको आर्थिक हिनामिनाका विषयमा सहकारी रजिष्टारको कार्यालय गण्डकीले अनुसन्धान गरिरहेको छ। बागलुङमा डेढ अर्ब र सहकारीका पोखरामा ५० करोड गरी २ अर्ब रुपैया अध्यक्ष नेपालीले अवचलन गरेर फरार भएको बचतकर्ताको दाबी छ। सर्वसाधारणले बचत गरेको रकम सहकारीका अध्यक्ष नेपाली आँफैले ऋण लिएर लगानी गरेको पोखराका प्रवन्धक दीपक पौडेलले बताए। उनका अनुसार नेपालीले काठमाडौं, पोखरा र बागलुङमा घरजग्गामा लगानी गरेका छन्। उनको पोखरामा २ वटा घर छ भने बागलुङको बुर्तिवाङमा होटल चलाएका छन्।

यस्तै, काठमाडौं, पोखरा र बागलुङमा प्लटिङमा लगानी गरेका छन्। करिब ४ महिनाअघि देखि सहकारीका बचतकर्ताले रकम नपाएपछि गुनासो बढ्दै गएको थियो । अध्यक्ष नेपालीले आप्mनो घर जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए। एकाएक सम्पर्कविहिन भएपछि आफुहरुको रकम डुब्ने हो की भन्ने चिन्ता लागेको बचतकर्ता हरि खत्रीले बताए। सर्वसाधारण बचतकर्ताको करोडौं रकम डुब्ने अवस्था आउनुमा राज्यका नियमनकारी निकाय पनि उत्तिकै जिम्मेवार भएको अर्का एक पीडितले बताए। जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार भेटिएका ती पीडितले आफ्ना नाम गोप्य राख्न आग्रह गर्दै भने, ‘मेयरको सहकारी राम्रो होला भनेका थियौं, आखिर गैरकानुनी रुपमा अध्यक्ष बनेर हाम्रो रकम हिनामिना गरेका रहेछन्, यसमा नियमनकारी निकायको पनि उत्तिकै दोष छ।’

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.