सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ ।

तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि युवा अभियान’लाई प्रदान गरिएको सुचना गलत भएको दावि गरे । उनले कार्यालयको प्राविधिक गल्तिका कारण गलत जानकारी गएको र सोही विषय भाईरल भएको जानकारी दिए । लम्सालका अनुसार नगरपालिकामा बैशाख मसान्तसम्म १२ हजार नौ सय पचपन्न लिटर पेट्रोल र २६ हजार आठ सय सन्ताउन्न लिटर डिजेल खपत भएको जानकारी दिए ।

उनले यस अघि प्रदान गरिएको सुचनामा १२ हजार नौ सय ६० लिटर पेट्रोल र २८ हजार पाँच सय ८६ लिटर डिजेल खपत भएको उल्लेख छ । उक्त विवरणमा गत मंसिरमा खपत भएको डिजेलको परिमाण गत असारदेखि मंसिर महिनासम्मको जोडिन गएको उल्लेख गरे ।
‘ईन्धनको मुल्य परिवर्तन भईरहने र अभियानका सदस्यहरुले आफुखुशी मुल्य राखेर सामाजिक सञ्जालमा भाईरल बनाएछन्’ उनले भने ‘त्यो जम्मा जोडिएको हस्तलिखित अक्षर नगरपालिकाको होईन ।’

उनका अनुसार चालु आर्थिक बर्षका लागि ईन्धन खर्च ४५ लाख विनियोजन गरिएको तर अत्याधिक मुल्य बृद्धि भएका कारण विभिन्न शिर्षकबाट रकमानन्तर गरि ६१ लाख पु¥याएको स्पष्टीकरण दिए । नगरपालिकाले विवरण सच्याएर दिएता पनि उक्त विवरणमा गत आर्थिक बर्षमा भन्दा बढी नै पछिल्लो दश महिनामा खपत भएको देखिन्छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.