Gorkha Sansar

डाक्टर दम्पतीको प्रेमकथा बन्यो सुपरहिट—१२ दिनमै १० लाख भ्यूज पार ‘सधैं साथमा तिम्रो’

गोरखा संसार

काठमाडौं — विदेशमा चिकित्सक पेशामा कार्यरत एक नेपाली दम्पतीको वास्तविक प्रेमकथामा आधारित म्युजिक भिडियो ‘सधैं साथमा तिम्रो’ यतिबेला युट्युबमा तीव्र रूपमा भाइरल भइरहेको छ। सार्वजनिक भएको मात्र १२ दिनमै भिडियोले १० लाखभन्दा बढी दर्शकको माया पाएको छ।

रोमान्टिक शैलीमा निर्माण गरिएको उक्त भिडियोमा अमेरिकामा कार्यरत डाक्टर दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले नै अभिनय गरेका छन्। भिडियोमा करिब १३ हजार लाइक्स र १५० भन्दा बढी सकारात्मक प्रतिक्रियाले दर्शकको राम्रो साथ रहेको देखाउँछ।

गीतमा सुरेश बस्नेतको एकल स्वर रहेको छ भने शब्द तथा संगीत गोविन पुनको रहेको छ। संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्। ‘दुई मुटु, एक यात्रा’ भन्ने भावनामा आधारित भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका आकर्षक स्थानहरूमा छायांकन गरिएको छ, जसले दर्शकलाई दृश्यात्मक रूपमा पनि मोहित बनाएको छ।

यस भिडियोको विशेषता भनेकै कलाकारहरूले आफ्नै वास्तविक जीवनको प्रेमकथालाई पर्दामा उतारेका छन्। निर्देशकद्वय विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टले भावनात्मक कथा प्रस्तुत गरेका छन् भने साहिल खानको सम्पादन र प्रविण श्रेष्ठको पटकथाले भिडियोलाई थप मजबुत बनाएको छ।

छायांकनतर्फ अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्यालसहितको टिमले काम गरेको छ।

उच्च लागतमा निर्माण गरिएको यस प्रोजेक्टबारे गायकसमेत रहेका सुरेश बस्नेत भन्छन्,
“यो भिडियो हामीले आर्थिक फाइदाका लागि होइन, संगीतप्रतिको माया र आफ्नै कथा दर्शकमाझ ल्याउन बनाएका हौं।”

उनले यस गीतको फिमेल भर्सन पनि चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।

🎬 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.