Gorkha Sansar

च्याङलीमा उत्साहजनक पहल: सिकाइ केन्द्रको सभाबाट समुदाय रूपान्तरणको सन्देश

गोरखा, पालुङटार ।
पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारण सभा आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।
सिकाइ केन्द्रका अध्यक्ष डा. रविन्द्र कंडेलको सभापतित्व तथा वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जीवन ज्योति मा.वि. का प्रधानाध्यापक कुमार प्रसाद ढकाल, वडा सदस्य, टोल विकास संस्थाका अध्यक्षहरू, महिला समूहका प्रतिनिधिहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन केन्द्रकी सचिव अनिता कुमालले गरेकी थिइन् भने स्वागत सिकाइ केन्द्रका कार्यसमिति सदस्य इन्द्र कोइरालाले गर्नुभएको थियाे। कार्यक्रमको प्रारम्भमा अतिथिहरूलाई मञ्चासीन गराई स्वागत गरिएको थियो भने प्रमुख अतिथि कुमालले औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष डा. कंडेलले केन्द्रद्वारा वर्षभरि सञ्चालन गरिएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरूले विभिन्न सुझाव तथा प्रतिक्रिया दिएका थिए । छलफलपछि प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत रूपमा अनुमोदन गरिएको कार्यक्रम सञ्चालक अनिता कुमालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कुमालले सामुदायिक सिकाइ केन्द्रले स्थानीय स्तरमा शिक्षा, सीप विकास तथा सामाजिक सचेतना अभिवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।
विशेष अतिथि तथा अन्य अतिथिहरूले पनि सिकाइ केन्द्रको कार्यप्रति सकारात्मक धारणा राख्दै निरन्तरता र विस्तारमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापति डा. कंडेलले केन्द्रको सफलतामा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले समुदायको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.