Gorkha Sansar

नेतृत्व नवीकरणसँगै सेवा विस्तारको संकल्प: लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालको कन्भेन्सन सम्पन्न

काठमाडौं । सामाजिक सेवामार्फत समुदायमा प्रभाव विस्तार गर्ने लक्ष्यसहित Lions Clubs International अन्तर्गत Lions District 325J Nepal को चौथो डिष्ट्रिक्ट कन्भेन्सन पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।

Pokhara Event Center मा आयोजित कन्भेन्सनले आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको छ। कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बास्तोला, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर पंकज मेहता र विशेष अतिथि पाष्ट इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतानले नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सदस्यता विस्तारमा अझ जोड दिनुपर्ने धारणा राखे।

कन्भेन्सन व्यवस्थापन Lions Club of Pokhara Annapurna ले गरेको थियो। कार्यक्रमका अध्यक्ष तथा वर्तमान डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्लले कन्भेन्सनलाई ऐतिहासिक र स्मरणीय भएको बताए।

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर बास्तोलाले आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले क्याबिनेट सचिवमा जीवन गोर्खाली, कोषाध्यक्षमा पुरुषोत्तम प्रसाद पराजुली, चिफ एडभाइजरमा राजु श्रेष्ठ र चिफ गभर्नर एडमा रामराजा थापालाई मनोनित गरेका छन्।

कन्भेन्सनमा विभिन्न पदाधिकारी तथा अतिथिसहित १ हजारभन्दा बढी लायन्स तथा लियो सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लिडरहरूलाई सम्मान समेत गरिएको थियो।

यसैबीच सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा आशिष थापा र भाइस प्रेसिडेन्टमा माधव तिमल्सिना निर्वाचित भएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.