Gorkha Sansar

आँबुखैरेनीबाट ‘हेभी ड्युटी’ संकेत: ढुवानी बजार लक्षित गर्दै महिन्द्राको नयाँ पिक-अप सार्वजनिक

आँबुखैरेनी, तनहुँ । देशभर बढ्दो लजिस्टिक्स माग र ग्रामीण–शहरी ढुवानीको आवश्यकतालाई लक्षित गर्दै Mahindra & Mahindra ले नयाँ ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। तनहुँको आँबुखैरेनी–३ मा आयोजित कार्यक्रममा गाडीको औपचारिक सार्वजनिक गर्दै कम्पनीले यसलाई ढुवानी व्यवसायका लागि ‘गेम चेन्जर’का रूपमा प्रस्तुत गरेको छ।

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक Agni Incorporated Pvt. Ltd. ले पोखरास्थित BB Incorporated Pvt. Ltd. सँगको सहकार्यमा बुधबार विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा अग्नि ग्रुपका प्रोभिन्स हेड रनविर कुमार यादव, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनीका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, बि.बि. इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुलभ बतासलगायत स्थानीय व्यवसायी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार २ टनसम्म भार बोक्ने क्षमता भएको यो पिक-अप नेपाली बजारमा नयाँ सेगमेन्ट सिर्जना गर्ने लक्ष्यसहित ल्याइएको हो। विशेषगरी कृषिजन्य उत्पादन, निर्माण सामग्री तथा इन्टरसिटी ढुवानीमा संलग्न व्यवसायीलाई लक्षित गरिएको बताइएको छ।

नयाँ बोलेरो म्याक्स पिक-अप दुई भेरियन्ट—HD 1.7 LX र HD 2.0L SXi—मा उपलब्ध हुनेछ। HD 1.7 LX को प्रारम्भिक मूल्य रु. २९ लाख ९५ हजार र HD 2.0L SXi को मूल्य रु. ३२ लाख ९५ हजारदेखि सुरु हुने जानकारी दिइएको छ।

उबडखाबड र पहाडी भूगोलका लागि डिजाइन गरिएको यस गाडीले उच्च भार क्षमता, इन्धन दक्षता र सुरक्षामा सन्तुलन ल्याउने कम्पनीको दाबी छ। कम सञ्चालन खर्च र मजबुत बनावटका कारण यसले साना तथा मध्यम व्यवसायीलाई विशेष फाइदा पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीले आगामी दिनमा देशका प्रमुख व्यापारिक केन्द्रहरूमा पनि यो मोडेल सार्वजनिक गर्ने योजना रहेको जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.