Gorkha Sansar

भानुमा दर्दनाक घटना: आमा र एक वर्षीय छोरा मृत अवस्थामा फेला

भानु–तनहुँ, चैत २४
तनहुँको भानु नगरपालिका–६ पण्डिथरमा आमा र उनका एक वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन्।
स्थानीय राजु परियारकी २५ वर्षीया श्रीमती सरिता परियार घरबाट केही टाढा रहेको देउराली सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी हुन्। सोही स्थानमा उनको काखमा रहेका एक वर्षीय छोरा कुमार परियार पनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भानुका प्रमुख गोपाल पौडेलसहितको टोली घटनास्थल पुगेको थियो।
हाल आमा र छोराको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.