Gorkha Sansar

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा र हिमपात जारी, मौसमविद्द्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं / नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहेको छ ।

गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । त्यस्तै, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा फाट्टफुट्ट पानी परिरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातको प्रक्रिया जारी छ ।

सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र अन्य भागमा आंशिक बदली हुने देखिएको छ । महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

वर्षा र चट्याङको सम्भावना रहेकाले पहाडी भेगका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । विशेष गरी पदयात्रामा रहेका पर्यटक तथा हिमाली क्षेत्रका बासिन्दाले मौसमको अवस्था हेरेर मात्र यात्राको तयारी गर्न सुझाव दिइएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.