Gorkha Sansar

बन्दीपुरमा सार्वजनिक सुनुवाइ: सेवा सुधारदेखि विकास योजनासम्म नागरिकका तीखा सवाल

तनहुँको बन्दीपुर गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा मध्य नेपाल ब्रोडकास्टिङ प्रा.लि.को सहजीकरणमा शुक्रबार आयोजित कार्यक्रममा स्थानीय सरकारका कामकारबाहीबारे समीक्षा गर्दै नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू संकलन गरिएको हो।
कार्यक्रमको उद्देश्य गाउँपालिकाले सञ्चालन गरेका योजना तथा सेवा प्रवाहको प्रभावकारिता मूल्यांकन गर्दै पारदर्शिता प्रवर्द्धन गर्नु र नागरिक सहभागिता सुनिश्चित गर्नु रहेको बताइएको छ। गाउँपालिकाका अनुसार यस्ता सार्वजनिक सुनुवाइमार्फत स्थानीय सरकारप्रति विश्वास अभिवृद्धि गर्ने र सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले गाउँपालिकाले हरेक वर्ष तीन पटक सार्वजनिक सुनुवाइ आयोजना गर्दै आएको जानकारी दिँदै यसले नागरिकको प्रत्यक्ष सहभागिता र उत्तरदायित्व बढाउन मद्दत पुगेको बताए।
सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष, वडाध्यक्षहरू, शाखा प्रमुखहरू, विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू र स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सबै ६ वटै वडाबाट संकलित नागरिक प्रतिवेदन, बहिर्गमन अभिमत तथा स्थानीयका समस्या, गुनासा र पीरमर्का प्रस्तुत गरिएको थियो।
सहभागीहरूले विकास योजनाको कार्यान्वयनमा देखिएका ढिलासुस्ती र झन्झट घटाउनुपर्ने, स्वीकृत योजना समयमै सम्पन्न गर्नुपर्ने तथा तीनधारामा खेलकुद पूर्वाधार निर्माण गर्नुपर्ने माग राखेका थिए। त्यस्तै ऐलानी जग्गामा बनेका संरचनाको वैधानिकता, बन्दीपुर–३ मा निर्माणाधीन ‘आमासँग भवन’को बजेट निकासा, तथा “एक वडा एक प्राविधिक” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विषयमा समेत प्रश्न उठाइएको थियो।
यसबाहेक, प्रस्तुत विवरणहरू लिखित रूपमा उपलब्ध गराउनुपर्ने, होमस्टे सर्किट प्रवर्द्धन, गाउँ जोड्ने सडक कालोपत्रे, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, विपन्न नागरिकका लागि उपचार सहयोग र चिस्यान केन्द्र स्थापना जस्ता विषयमा ध्यान दिन सहभागीहरूले सुझाव दिएका थिए।
उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरी, वडा नं. २ का वडाध्यक्ष लोकबहादुर कुँवर, वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत केसी तथा गाउँपालिका अध्यक्ष थापाले स्पष्टिकरण दिएका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ–आफ्ना धारणा राखेका थिए। सहभागीहरूले यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहको सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने निष्कर्ष निकालेका थिए।
कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्राप्त सुझावहरूलाई आगामी योजना

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.