तनहुँ । बन्दीपुर गाउँपालिका वडा न:६ काफलस्वँरामा दसौं बागेश्वरी कप २०८२ अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता बागेश्वरी युवा क्लबको आयोजनामा चैत्र २८गतेदेखि ३०गते सम्म हुन लागेको हो ।
प्रतियोगितामा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिम लाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम पुरस्कार रु. ४० हजार ४ सय ४, दोस्रो पुरस्कार रु. ३० हजार ३ सय ३ , तेस्रो पुरस्कार रु. २० हजार २सय २ र सान्त्वना पुरस्कार रु १० हजार १ सय १ रहेको छ । यस्तै उत्कृष्ट खेलाडी अन्तर्गत उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । साथै पुरस्कृत हुने सबैलाई नगदमा साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता बन्दीपुर गाउँपालिका वडा न: ६ काफलस्वँरा खेलमैदानमा हुनेछ । चैत्र २७ गते ५ :०० बजे सम्म टीम दर्ता गर्न सकिन्छ भने दर्ता शुल्क ४००० रुपैयाँ तोकिएको छ।
खेलाडीहरूले आफ्नो टिम फोनबाट पनि दर्ता गर्न सकिने छ । ९८४६८४८७४६ ,९८२४१९५६४४ ,९८०३०६४८८३ ,९८१६११९१६५मा सम्पर्क ग सकिने क्लबका अध्यक्ष नबिन गुरुङले बताए।