Gorkha Sansar

भानुमा निःशुल्क आँखा शिबिरको प्रभाव: १५०० को जाँच, ११० जनाले पाए नयाँ दृष्टि

भानु (तनहुँ), चैत १६ — भानु नगरपालिकामा सञ्चालित चार दिने निःशुल्क आँखा शिबिरले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। शिबिरमा १५०० भन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको छ भने ११० जनाको सफलतापूर्वक मोतियाबिन्दुको शल्यक्रिया (अप्रेसन) सम्पन्न गरिएको छ।
भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा केन्द्रित उक्त शिबिर शनिबारदेखि सञ्चालन भएको थियो। शिबिरलाई वडा नं. १३ चन्द्रावती बजार, वडा नं. ९ बाइसजाँगर, वडा नं. १ सालबिस्ने र वडा नं. ३ खहरेसम्म विस्तार गरी सञ्चालन गरिएको थियो। अप्रेसन आवश्यक परेका बिरामीलाई नारेश्वरटार ल्याई चैत १६ गते शल्यक्रिया गरिएको हो।
शिबिरमा नेत्र विशेषज्ञ डा. मारिया गौतमसहितको टोलीले बिरामीहरूको परीक्षण तथा शल्यक्रिया सम्पन्न गरेको थियो। यस क्रममा ४१५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ। साथै बिरामीका लागि औषधि, खाना तथा बसोबासको समेत निःशुल्क व्यवस्था गरिएको स्वास्थ्य प्रमुख ऐश्वर्य भट्टराईले जानकारी दिए।
भानु नगरपालिका कार्यालयको पहलमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, भानु–२ को संयुक्त आयोजनामा शिबिर सञ्चालन गरिएको कार्यक्रम संयोजक शान्तकुमार श्रेष्ठले बताए।
शिबिर अवधिभर जेसीआई भानु बन्दीपुरले विशेष सहयोग गर्दै निःशुल्क खानेपानी वितरण तथा बिरामी दर्ता प्रक्रियामा सहजीकरण गरेको थियो।
निःशुल्क सेवा लिन तनहुँसहित छिमेकी जिल्ला लमजुङ र गोरखाका नागरिकहरू पनि सहभागी भएका थिए। घरदैलोमै विशेषज्ञ सेवा पाउँदा स्थानीयवासी खुशी देखिएका छन्।
यसैबीच, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि विशेषज्ञसहितका स्वास्थ्य शिविरहरू गाउँगाउँमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.