काठमाडौं, चैत १४ — अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ। सर्कुलर अर्थतन्त्रको अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रदर्शनी चैत १६ र १७ गते नक्सालस्थित Nepal Academy of Fine Arts (NAFA) मा सञ्चालन हुनेछ।
Rotary International District 3292 नेपाल–भुटान तथा यसअन्तर्गतका ३५ वटा रोटरी क्लबहरू, रोटर्याक्ट/इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२ र Environmental Sustainability Rotary Action Group को संयुक्त आयोजनामा हुने प्रदर्शनीलाई Department of Urban Development and Building Construction, United Nations Global Compact Nepal र Environmental Camps for Conservation Awareness ले समर्थन गरेका छन्। साथै HECAF 360 र Blue Waste to Value सहकार्य साझेदारका रूपमा आबद्ध छन्।
“परिवर्तन आफैं बनौँ—फोहोर घटाऔँ, पुनःप्रयोग गरौँ र पुनर्चक्रण अपनाऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रदर्शनी बिहान ११ बजेदेखि सुरु हुने र प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा फोहोर व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) तथा अपसाइकल (Upcycle) सम्बन्धी नवीन प्रविधि, अभ्यास र उद्यमहरू प्रस्तुत गरिनेछन्।
कार्यक्रमको उद्घाटन Binod Koirala ले गर्ने कार्यक्रम रहेको छ।
प्रदर्शनीको दोस्रो दिन “Beyond the Bin: Zero Waste भविष्यका लागि प्रणाली पुनःडिजाइन” शीर्षकमा विशेष प्यानल छलफल आयोजना गरिनेछ। छलफलमा नीति निर्माता, निजी क्षेत्र, उद्यमी तथा वातावरणविद्हरूको सहभागिता रहनेछ। उक्त छलफलमा Nawaraj Pyakurel, Nabin Bikash Maharjan, Samir Thapa, Bishnu Thakali र Arun Shrestha सहभागी हुनेछन्।
त्यसैगरी, Srichchha Pradhan ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। छलफलको अध्यक्षता Bibhuti Man Singh ले गर्नेछन् भने सञ्चालन Dinesh Raj Manandhar ले गर्नेछन्।
प्रदर्शनीमा ४०–५० वटा रिसाइकल तथा अपसाइकल उद्यमका स्टलहरू, वातावरणीय प्रदर्शनी बुथ, DIY (आफैं गर्ने) प्रदर्शन, अडियो–भिजुअल प्रस्तुतीकरण तथा विभिन्न अन्तरक्रियात्मक गतिविधिहरू समावेश हुनेछन्।
वातावरण तथा फोहोर व्यवस्थापन क्षेत्रमा देखिँदै आएका चुनौतीहरू—अनियन्त्रित फोहोर उत्पादन, ल्यान्डफिलमा निर्भरता, प्लास्टिक प्रदूषण तथा स्रोतको दुरुपयोग—लाई सम्बोधन गर्न यस्तो बहुपक्षीय पहल आवश्यक रहेको आयोजकको भनाइ छ।
आयोजकका अनुसार, प्रदर्शनीले हरित उद्यमलाई बजारसँग जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र युवाहरूलाई दिगो जीवनशैलीतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी हुन आयोजकहरूले सबै सरोकारवाला, विद्यार्थी, युवा तथा आम नागरिकलाई आग्रह गरेका छन्। “हामी सबै मिलेर फोहोरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्न सक्छौँ,” भन्दै Yogesh Shakya ले बताए।
