Gorkha Sansar

एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु

एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु

तनहुँ — नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको आयोजनामा “एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी तालिम” सञ्चालन हुने भएको छ। आधुनिक प्रविधिको विकाससँगै पत्रकारितामा आएको परिवर्तनलाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको हो।

तालिम आगामी २०८२ साल चैत ४ र ५ गते मर्स्याङ्दी रिसोर्ट, व्यासमा सञ्चालन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा एआई (Artificial Intelligence) को प्रयोग, मोबाइलमार्फत समाचार संकलन, सम्पादन तथा प्रस्तुतीकरणजस्ता विषयमा प्रशिक्षण दिइनेछ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार अन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रेस रजिस्ट्रारको कार्यालय, पोखराको सहयोग रहेको छ। आयोजकका अनुसार तालिमले स्थानीय पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र डिजिटल पत्रकारितालाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यस तालिममा जिल्लाका पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको छ।

तालिम नेपाल पत्रकार महासंघ तनहुँ का अध्यक्ष डिपी अधिकारी को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा भानु नगरपालिका का नगर प्रमुख  आनन्दराज त्रिपाठी रहनुभएको थियो।

त्यस्तै कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूले तालिमबाट व्यावहारिक ज्ञान प्राप्त भएको बताएका छन् भने आयोजकले आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने जनाएको छ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.