Gorkha Sansar

गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक

गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक
गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ।
गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती आधारभूत विद्यालय ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्रको अन्तिम मतपरिणाम अनुसार कुल १३४० मत खसेको छ। तीमध्ये ६२ मत बदर भएका छन्।
मतपरिणाम अनुसार घण्टी चिन्हले सबैभन्दा धेरै ७९१ मत प्राप्त गरेको छ। त्यसैगरी तारा चिन्हले २२१ मत, रुख चिन्हले १३७ मत र सूर्य चिन्हले ७९ मत प्राप्त गरेका छन्।
अन्य चिन्हतर्फ चिमले २४ मत, हलोले ११ मत, महुरीले ५ मत, सारङ्गीले ३ मत, कुखुराको भालेले २ मत, गुलाफले २ मत र मादलले १ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्य केन्द्रहरूको परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतले जनाएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.