गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । प्रलोपाले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
प्रलोपाको हालै सम्पन्न बैठकले दुबै क्षेत्रमा नेपाली काङ्ग्रेसलाई सघाउने निर्णय गरेकोप्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ । यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासंग चुनावी तालमेल गरी डाक्टर भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।
