Gorkha Sansar

साजा वक्तृत्व कला रनिङशील प्रतियोगिता को उपाधि अमरज्योति जनता मा. वि को हातमा

डा. रविन्द्र कडेल
गोर्खाको पालुङ्टार नगरपालिका स्थित अमरज्योति जनता माध्यमिक विद्यालय लुइटेलमा पूर्व विद्यार्थीहरू को संगठन ( SAJA) को आयोजनामा सम्पन्न भएको वक्तित्वकला रनिङशील प्रतियोगितामा अमर ज्योति जनता मा.वि लुइटेलले रनिङसिल हात पारेको छ।
विद्यालयको ६५ औ वार्षिक उत्सवको अवसरमा फागुन ८ गतेका दिन विद्यालयको हाताभित्र पूर्व विद्यार्थीहरूले यस वर्षदेखि वक्तृत्व कला रनिङशील प्रतियोगिता सञ्चालन गरेका हुन् ।

नगरपालिकाभित्रका १० विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएको वक्तृत्व कला प्रतियोगितामा अमर ज्योति जनता मा.वि.का उमङ्ग देवकोटा प्रथम, जनता मा.वि.का आशिष कार्की द्वितीय,त्रिवेणी मा .वि. कि सिमाना लामा तृतीय र मदनेडाँडा मा .वि की एलिसा श्रेष्ठ ले सान्त्वनास्थान हासिल गरेका छन्। वक्तृत्व कलाको शीर्षक “विज्ञान र प्रविधि : शैक्षिक क्षेत्रमा अवसर र चुनौती ” रहेको थियो।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ७ हजार र प्रमाणपत्र, दोस्रो हुनुले नगद रु ५००० र प्रमाणपत्र तेस्रो हुनेले नगद रु ३००० र प्रमाणपत्र हात पारेका छन् भने सान्त्वना स्थान हासिल गर्नेले नगद रु २००० र प्रमाणपत्र हात पारेका छन्। त्यस्तैगरी सहभागी सम्पूर्ण विद्यार्थी तथा विद्यालयलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
साजाले यस कार्यक्रमलाई विद्यालयको वार्षिक उत्सवको अवसर पारेर हरेक वर्ष निरन्तरता दिने बताएको छ।
साजा का अध्यक्ष इन्जिनियर कृष्णप्रसाद देवकोटा को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले प्रमुख अतिथिको रुपमा बोल्दै यस विद्यालयलाई अग्रस्थानमा लैजान आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साजा कि उपाध्यक्ष प्रमिला देवकोटाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विद्यालयका तर्फबाट कक्षा ५ वा अध्ययनरत अभिषेक पोखरेलले पनि स्वागत गर्नुभएको थियो।
त्यस्तैगरी साजाका महासचिव टोपबहादुर बानियाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयको विभिन्न आन्तरिक खेलकुदहरूमा भाग लिने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।
विभिन्न कालखण्डमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विद्यालय र आफ्नो सम्बन्ध एकआपसमा निरन्तर रुपमा कायम राखिराख्नको लागि यस्तो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएका छन्।
सोही अवसरमा साजाले निर्णायकको रूपमा भूमिका खेल्ने शिक्षा शाखा वरिष्ठ अधिकृत माधवप्रसाद पोखरेल, गोरखा क्याम्पसका प्राध्यापक ठाकुर पोख्रेल र इन्जिनियर रामशरण आचार्यलाई समेत प्रशंसापत्र प्रदान गरेका थिए।
विद्यालयको प्रतिवेदन तथा अन्य कार्यक्रमहरू आज फागुन ९ गते सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक माधवराज देवकोटाले बताउनुभएको छ। निकै पुरानो स्कुल रहेको र ऐतिहासिक स्कुल समेत रहेको हुँदा यस विद्यालयलाई आईएसओ मान्यता प्राप्त विद्यालयको रूपमा अगाडि बढाउनको लागि आफूहरुले पहल गरिरहेको पनि प्रधानाध्यापक देवकोटाले बताउनुभएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.