Gorkha Sansar

शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न

गोर्खा, माघ २८ गते
गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ।
पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा माघ २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको तालिमको समापन पालुङटार नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सृजना पोखरेल को उपस्थितिमा सम्पन्न भएको हो ।
पालुङटार नगरपालिकालाई मानसिक स्वास्थ्यको क्षेत्रमा नमुना नगरपालिका कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको र शिक्षकहरू मार्फत विद्यार्थी र अभिभावकसम्म योग र ध्यानको महत्त्व बुझाउँदै मनोसामाजिक परामर्श मार्फत मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ तालिमको सञ्चालन गरिएको हुँदा तालिम अवधिभर सिकेका कुराहरुलाई कक्षा कोठासम्म लैजानको लागि योजना बनाउनुपर्ने कुरामा स्वास्थ्य शाखा प्रमुख पोखरेलले जोड दिनुभएको थियो । उक्त अवसरमा चार दिनसम्म सिकेका कुराहरू अत्यन्तै उपयोगी भएको र आगामी दिनमा कक्षा कोठासम्म थप योजना र तालिम आवश्यक भएको सहभागीहरूले बताएका थिए। सामी परियोजना अन्तर्गत मनोविदको रुपमा पालुङटार नगरपालिकामा कार्य गरिरहनुभएका कमल पोखरेलले समापन समारोहको सहजीकरण गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा ओसो तपोवनका साधक स्वामी आनन्द अरहतले शिक्षकहरुका लागि सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम सम्पन्न गर्नको लागि स्थान उपलब्ध गराउँदै महत्त्वपूर्ण योगदान गरेकोमा ओशो कैलाश ध्यान केन्द्रलाई नगरपालिकाको तर्फबाट स्वास्थ्य शाखा प्रमुख पोखरेलले ध्यान केन्द्रका सञ्चालक स्वामी प्रेम सुवासलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन भने नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले गर्नुभएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.