Gorkha Sansar

महाशिवरात्रीको अवसरमा च्याङ्लीमा धार्मिक तथा सांस्कृतिक मेला हुँदै

माघ २५, २०८२ आइतबार
गोरखा । महाशिवरात्रीको पावन अवसरमा गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्ली खोलाघाटमा “च्याङ्ली शिवरात्री धार्मिक तथा सांस्कृतिक मेला २०८२” आयोजना हुने भएको छ।
आयोजकका अनुसार मेला आगामी २०८२ साल फागुन ३ गते विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सञ्चालन गरिनेछ। कार्यक्रम अन्तर्गत बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म शिव पुराण वाचन गरिनेछ।
त्यसपछि दिनको ११:०० बजेदेखि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, पञ्चेबाजा, स्थानीय भजन, नृत्य तथा विविध मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
यसैगरी साँझ ६:०० बजे शिव धुनीमा दियो प्रज्वलन तथा उखु पड्काउने कार्यक्रम आयोजना गरिनेछ भने राति १०:०० बजेदेखि बिहानसम्म स्थानीय भजन–किर्तन कार्यक्रम सञ्चालन हुने बताइएको छ।
मेलामा राष्ट्रिय लोक तथा दोहोरी कलाकार आशा बि.सी. लगायत कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूको पनि बेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ।
कार्यक्रमको आयोजना पालुङटार नगरपालिका–७ वडा कार्यालय, मंगलश्वर मन्दिर व्यवस्थापन समिति तथा मेला व्यवस्थापन समिति ले गरेका हुन्। कार्यक्रममा विभिन्न संघ–संस्था तथा स्थानीय समूहहरूको सहआयोजनामा मेला सम्पन्न गरिने बताइएको छ।
महाशिवरात्रीको अवसरमा आयोजना हुने उक्त मेलाले धार्मिक आस्था प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.