Gorkha Sansar

पत्रकार महासङ्घ तनहुँले स्व. मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने

दमौली, २५ माघ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पूर्व सल्लाहकार, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

मियाँको निधन भएको चौथो दिनको पुण्यतिथिमा आज शाखामा आयोजित श्रद्धाञ्जली सभामा शाखाका अध्यक्ष डिपी अधिकारीले स्व. शेष मोहम्मद हनिफ (गोरा मियाँ) फोटो पत्रकारिता स्मृति पुरस्कार स्थापना गरिने घोषणा गर्नुभयो ।

स्वर्गीय मियाँले फोटो पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानलाई चीरस्थायी बनाउन शाखाले उक्त अक्षयकोष स्थापना गर्ने निर्णय गरेको अधिकारीले बताउनुभयो ।

विसं २०१८ वैशाख ६ गते जन्मिनुभएका शेष मोहम्मद हनिफ मियाँको २०८२ माघ २१ गते ६४ वर्षको उमेरमा दुःखद निधन भएको थियो । स्व. मियाँले फोटो पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याउनुभएको थियो । उहाँ फोटो पत्रकार महासंघ नेपालको केन्द्रीय अध्यक्ष रहिरसक्नुभएको छ । यसका साथै उहाँ विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

यसैबीच मियाँको निधनमा शाखाले आज श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । श्रद्धाञ्जली सभामा शाखाका अध्यक्ष अधिकारीले स्व. मियाँको निधनले समाजले एक असल, निष्ठावान् र सेवाभावी व्यक्तित्व गुमाएको छ भने सञ्चारक्षेत्रले एक कर्मठ, इमानदार र समर्पित पत्रकार गुमाएको उल्लेख गर्नुभयो ।

श्रद्धाञ्जली सभामा शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ, प्रेस सेण्टर नेपालका गण्डकी प्रदेश सचिव एसवि नेपाली, शाखाका पदाधिकारी, सदस्य एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.