Gorkha Sansar

साउदी अरबमा युनाइटेड फुटबल क्लबको ११औँ वार्षिकोत्सव सम्पन्न, अध्यक्षमा ओम बहादुर कुमाल

ओम बहादुर कुमाल , साउदी

साउदी अरबमा नेपाली समुदायबीच स्थापित र लोकप्रिय खेलकुद संस्था युनाइटेड फुटबल क्लबले आफ्नो ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित समीक्षात्मक कार्यक्रमले आगामी कार्यकालका लागि ओम बहादुर कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
साउदीको दम्मामस्थित सिहातमा शुक्रबार सम्पन्न कार्यक्रमले क्लबलाई नयाँ नेतृत्व प्रदान गरेको हो । नवनिर्वाचित अध्यक्ष कुमालको नेतृत्वमा गठित समितिमा सुरेश जीमी र धर्मप्रसाद भट्टराई वरिष्ठ उपाध्यक्ष चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षहरूमा सुनिल गुरुङ, गाम गुरुङ, कुमार तामाङ, पवन चौधरी, कुमार गुरुङ, राजु मगर र सन्तोष चोङवाङ रहेका छन् । क्लबको महासचिवमा कमल लो तामाङ, सचिवमा सन्दीप राई र सहसचिवमा अभि तामाङ चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी विजय लिम्बू र अन्जान ठकुरीले पाएका छन् ।
कार्यसमिति सदस्यहरूमा राम पुरी, सन्तोष शुब्बा, सुनित चौधरी, रोसन राई, राजु मगर, नबिन राई, राजकुमार लिम्बू, राजेन्द्र लिम्बू, लक्क्षु मगर र नबिन हिस्कि मगर चयन भएका छन् । क्लबको प्रमुख संरक्षकमा राजेन्द्र अर्याल, प्रमुख सल्लाहकारमा युवराज गुरुङ तथा सल्लाहकारहरूमा पुरुषोत्तम नेउपाने र मनोज धिमाललाई चयन गरिएको छ ।
सोही अवसरमा क्लबले आफ्नो यात्रामा निरन्तर साथ दिने विभिन्न क्षेत्रका सहयोगी, शुभचिन्तक तथा समाजसेवीहरूलाई विशेष सम्मान गरेको छ । क्लबको प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष ओमबहादुर कुमालले क्लबले साउदीमा रहेका नेपाली युवाहरूलाई खेलकुदका माध्यमबाट एकताबद्ध बनाउने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका वक्ताहरूले युनाइटेड फुटबल क्लबले प्रवासमा नेपाली पहिचान जोगाउन र सकारात्मक सामाजिक सन्देश प्रवाह गर्न खेलकुदलाई पुलको रूपमा प्रयोग गरेको भन्दै प्रशंसा गरेका थिए ।
आगामी दिनमा फुटबलका गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई समेत थप उचाइमा पुर्‍याउने क्लबको लक्ष्य रहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.