आँबुखैरेनी, २४ माघ । आँबुखैरेनी योग तथा खुसी समाज, आँबुखैरेनी तनहुँको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितिको सभाहलमा आयोजित सभामा समाजका अध्यक्ष पम्फादेवी श्रेष्ठको सभापतित्व तथा वडा नं. ४ की वडाअध्यक्ष मिलन भूजेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा समाजको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक आय–व्यय विवरण प्रस्तुत गरी पारित गरिएको थियो । साथै योगका विभिन्न आसन अभ्यास प्रदर्शन गरिनुका साथै योग अभ्यासबाट प्राप्त खुसी, मानसिक शान्ति र सकारात्मक जीवनशैलीका अनुभवहरू सहभागीहरूले आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा योग जिल्ला कार्यसमितिका पदाधिकारी, सह–योग शिक्षकहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा योग साधकहरूको उल्लेखनीय उपस्थिति रहेको समाजकी सचिव कुमारी गुरुङले जानकारी दिनुभयो ।
प्रमुख अतिथि वडा नं. ४ की वडाअध्यक्ष मिलन भूजेलले योगले शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलन र सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले समाजले समुदायस्तरमा योग र खुसी प्रवर्द्धनका लागि गरेको कार्यको प्रशंसा गर्दै वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आँबुखैरेनी योग तथा खुसी समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
