Gorkha Sansar

आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया

आँबुखैरेनी (तनहुँ) — आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
२०८२ साल माघ १३ गतेदेखि सञ्चालन भएको शिविर अन्तर्गत माघ १३, १४ र १५ गते मोतियाबिन्दु छनोट कार्यक्रम गरिएको थियो। उक्त अवधिमा ६०० जनाको ओपीडी परीक्षण गरिएकोमा ११७ जनामा मोतियाबिन्दु रोगको पहिचान भएको थियो।
पहिचान भएका बिरामीहरूमध्ये माघ १६ र १७ गते गरी ८९ जनाको सफल मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ। शिविरबाट स्थानीय नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.