Gorkha Sansar

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय आँबुखैरेनी उपशाखा भवनको शिलान्यास

आँबुखैरेनी, १९ माघ — ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयस्थित उपशाखा भवनको शिलान्यास गरिएको छ।
आईतबार आयोजित विशेष समारोहमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका अध्यक्ष तथा निर्देशक राजयोगिनी ब्रह्मकुमारी परणीता, महासचिव राजयोगिनी ब्रह्मकुमारी सुधा, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, राजयोग शैलेस राज बराल, ब्रह्मकुमार शंकर देवकोटा, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय आँबुखैरेनीकी संचालिका ब्रह्मकुमारी इन्दिरा, ब्रह्माकुमारी यमुना, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक प्रदिप सुवेदी, आँबुखैरेनी क्याम्पस संचालक समितिका अध्यक्ष ऋषि के.सी., वडा न. १ का वडाअध्यक्ष प्रेम तमु, लगाएत विभिन्न ईश्वरीय विश्व विद्यालयका राजयोग राजयोगीनीहरुको विशेष उपस्थिति रहेको थियो।
उक्त भवन निर्माणका लागि स्थानीय डोलराज अधिकारी र मिना अधिकारीले आवश्यक जग्गा दान गरेका हुन्।
ब्रह्माकुमारी रमाले संचालन गर्नुभएको भवन शिलान्यास समारोहमा प्रमुख अतिथि, विशेष अतिथि लगायत अन्य अतिथिहरुले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले आध्यात्मिक ज्ञान तथा राजयोग ध्यान प्रशिक्षणमार्फत व्यक्तिमा मानसिक शान्ति, आत्मिक खुशी र आन्तरिक शक्तिको विकास गर्दै आएको बताएका छन। साथै, संस्थाले मूल्यनिष्ठ, शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.