Gorkha Sansar

भानु नगरपालिकामा शिक्षकहरूका लागि ए.आई. तालिम सम्पन्न

दिनेश अधिकारी

भानु नगरपालिकाद्वारा आयोजित सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि मिति २०८२ माघ १७ गतेदेखि माघ १९ गतेसम्म तीन दिने ए.आई. (Artificial Intelligence) तालिम सम्पन्न भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाको सभाहलमा सञ्चालित उक्त तालिममा विभिन्न  केन्द्रका ३० जना शिक्षकहरू सहभागी भएका थिए।

यस तालिमको मुख्य उद्देश्य शिक्षकहरूलाई कक्षाकोठामा कृत्रिम बौद्धिकता (AI) को प्रयोग गर्न र प्रविधिमैत्री ढंगले प्रश्नपत्र निर्माण गर्ने शिक्षण क्रियाकलापमा दक्ष बनाउनु रहेको थियो। आधुनिक प्रविधिको प्रयोगबाट शिक्षण विधिलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।

उक्त तीन दिने तालिममा सानोठिमी भक्तपुर क्याम्पसका उप-प्राध्यापक श्री विश्वराज जोशीले सहजकर्ताका रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.