Gorkha Sansar

हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत

माघ १९
तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवेशनले सभापतिमा मुना श्रेष्ठलाई चयन गरेको छ।
त्यसैगरी उप-सभापतिमा कमला गुरुङ , सचिवमा शुष्मा पिया, सह-सचिवमा लिला श्रेष्ठ र कोषाध्यक्षमा तारा पिया, सह कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सदस्यहरूमा सीता श्रेष्ठ, रोजिता श्रेष्ठ, रजनी श्रेष्ठ, रजनी गिरी, रोदिता श्रेष्ठ, रचना पिया, देवी कँडेल र बिनु श्रेष्ठ निर्वाचित हुनुभएको वर्तमान सचिव सुष्मा पियाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा समाजसेवी घनश्याम श्रेष्ठले समुद्घाटन गर्नुभएको थियो । उक्त अवशरमा समाजसेवी मानकाजी श्रेष्ठ, राम पिया , टाेल बिकास समितिका अध्यक्ष भगवान श्रेष्ठ , तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समिति सभापति संगिता प्रधान लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.