बुटवल माघ १० गते
विज्ञान र प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि योगदान पुर्याउँदै आइरहेको word press community द्वारा सञ्चालित वर्ड क्याम्प बुटवल २०२६ सम्पन्न भएको छ भने आगामी वर्षको वर्ल्ड क्याम्प २०२७ नेपालगञ्जमा हुने भएको छ।
विज्ञान र प्रविधिको क्षेत्रमा सिकारुदेखि विज्ञसम्मको भेला भएको वर्ल्ड क्याम्प बुटवलमा नेपाल तथा एशिया क्षेत्रका आयोजक, स्वयंसेवक तथा सहभागी गरी करिब ७०० जनाको उपस्थिति रहेको थियो।
माघ ९ र १० गते वर्डप्रेस सम्बन्धी विभिन्न विधामा रहेर जानकारी सहितको कन्फरेन्समा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी तथा स्पोन्सर एवं मिडिया पार्टनरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
त्यस्तैगरी कार्यक्रम समापनका अवसरमा माघ ९ र १० गते भएका कार्यक्रमको समष्टिगत तथा अहिलेसम्म भएका वर्ड क्याम्पको इतिहाससहित आगामी वर्ल्डक्याम नेपालगञ्जमा हुने र त्यसको नेतृत्व एलिना कक्षपतिले गर्ने घोषणा समेत गरिएको थियो।





