Gorkha Sansar

तिलोत्तमा रक्तदाता समाजको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा २१ जनाद्वारा रक्तदान

माघ १० गते, बुटवल
तिलोत्तमा नगरपालिका अन्तर्गत मडिग्राममा रहेको तिलोत्तमा रक्तदाता समाजको आयोजनामा आज सञ्चालन गरिएको रक्तदान कार्यक्रममा तीनजना महिलासहित २१ जनाले रक्तदान गरेका छन्।

रक्तदान जीवनदान भन्ने मूल उद्देश्यका साथ रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा focus education consultancyले सहयोग गरेको थियो।
हामीले गरेको सानो प्रयासका कारण कसैको ज्यान बच्न सक्छ भन्ने उद्देश्यका साथ यस्तो महान कार्यमा आफूले सहयोग गरेको फोकस एजुकेसनका सञ्चालक सुदिप न्यौपानेले बताउनुभयो। । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेले प्रमुख अतिथिको रुपमा बोल्दै यस्तो महान कार्य गर्नेहरुप्रति आफुले सदैव सहयोग र सम्मान गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिकहरू प्रीति थापा, निरंजन राज भण्डारी, प्रेमि गाहा रक्तदान गर्नेहरूको स्वास्थ्य परीक्षण गरेका थिए।
उक्त कार्यक्रममा यस क्षेत्र वरपरका लायन्स क्लब लगायतका संघ संस्थाका प्रतिनिधिहरू सहित वडा वडा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.