नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्रदेश प्रमुख सहदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो जसको प्रमुख अतिथिमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका नेसनल सेल्स हेड उमापति पोखरेल हुनुहुन्थ्यो।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता सङ्घ शाखा समिति गोर्खाको अध्यक्ष भगवती कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन शाखा प्रमुख सूर्यप्रसाद अधिकारीले गर्नुभएको थियो।यस्तै कार्यक्रम मा पेशागत बीमा अभिकर्ता सङ्घ केन्द्रीय कोषाध्यक्ष एवं लगातार छैटौं पटक गोर्खा शाखाबाट MDRT विजेता बिमला अम्गाइले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि उमापति पोखरेलले बीमा बिक्री कला, अभिकर्तामा हुनुपर्ने गुणहरू तथा मार्केटिङका नयाँ नयाँ टेक्निकहरुका बारेमा तालिम दिनुभएको थियो भने गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीले नेपाल लाइफ इन्सुरेन्सका विभिन्न बीमा पोलिसीहरूको बारेमा तालिम सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा २०२६ को लागि गोर्खा शाखाबाट एकमात्र एमडीआरटी विजेता बिमला अम्गाईं लाई विशेष सम्मान साथ केक काटेर खुसियाली मनाइएको थियो। भने गोर्खा शाखा अन्तर्गत काम गर्ने गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने करिब ५० जना अभिकर्ता सम्मानित भएका थिए।
उक्त कार्यक्रममा गोर्खा शाखामा कार्यरत करिब १४० जना अभिकर्ताहरूको उपस्थिति रहेको थियो।
