Gorkha Sansar

छपेली कप–२०८२ खुल्ला 7 ए साइड नकआउट फुटबल प्रतियोगिताकाे उपाधि लगातार चाैंथाे पटक सिद्ध गुफालाई

सामाजिक अन्तर सम्बन्धका लागि खेलकुद भन्ने मूल नारासहित छपेली कप–२०८२ खुल्ला 7 ए साइड नकआउट फुटबल प्रतियोगिताकाे उपाधि बन्दिपुर ४ बिमलनगरकाे सिद्ध गुफाकाे पाेल्टामा परेकाे छ ।
विहिबार भएकाे अति प्रतिस्पर्धात्मक फाईनमा आयाेजक छपेली युवाक्लवलाई २ का विरुद्ध ३ गाेल गर्दै सिद्ध गुफा लगातार चाैंथाे पटक च्याम्पियन बनेकाे खेल संयाेजक मदन थापा माधुले जानकारी दिनुभयाे ।
खेलकाे पहिलाे हाफमा सिद्ध गुफाले ३-० काे अग्रता लिएकाेमा दाेस्राे हाफमा आयाेजकले २ गाेल गर्न सफल भएकाे थियाे ।
प्रतिस्पर्धामा जितसँगै सिद्ध गुफाले प्रथम पुरस्कार: रु. १ लाख ३३ हजार १३३ र उपविजेता बनेकाे आयाेजक क्लवले द्वितीय पुरस्कार: रु. ६६ हजार १६६ हात पारेकाे क्लबका पूर्व अध्यक्ष एवं बन्दिपुर १ का वडा सदस्य विजय रानाले बताउनु भयाे ।
क्लवका अध्यक्ष अमर शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बन्दिपुर गापाका अध्यक्ष सुरेन्द्र थापाले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएकाे थियाे ।
रहेको आयोजकले जनाएको छ।
पौष २६ गतेदेखि संचालन भएकाे प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.