Gorkha Sansar

‎गाेरखाका दुई युवा नेतृत्व रास्वपामा प्रवेश।

‎‎ गोरखा,
‎गोरखा जिल्लाका दुई युवा नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

पुर्ब नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजन गर्तौला र गोरखा जिल्ला संयोजक कुमार ढकाल आज गण्डकी प्रदेश स्तरीय कार्यक्रम बाट औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।उनीहरूले देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व को आवश्यकता महसुस गरी रास्वपा रोजेको बताएका छन्। युवाको सहभागितामार्फत वैकल्पिक राजनीतिको विकास गर्ने उद्देश्यले आफूहरू नयाँ यात्रामा अघि बढेको उनीहरूको भनाइ छ।
‎यस प्रवेशसँगै गोरखा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ।
उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा महामन्त्री कबीन्द्र बुर्लाकोटि गण्डकी प्रदेश पूर्ब जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य लगायतका ले पार्टीमा स्वागत गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.