गोर्खा पौष १८ गते
नेपाल निवृत्त शिक्षक समाज, पालुङ्टार नगर पालिकाको दोस्रो अधिवेशन नगर पालिकाका संयोजक श्री उमाकान्त देवकोटाको अध्यक्षता र पालुङ्टार नगरपालिकाका प्रमुख नगर प्रमुख श्री गुण राज देवकोटा (विवश चिन्तन)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त कार्यग्यमा प्रमुख प्रशासकिय अधिकृत श्री शेर बहादुर वि.सि तथा नगर शिक्षा अधिकारी श्री मनोज नेपानी सिर्मल, भवानी क्याम्पसका प्रमुख श्री विष्णु प्रसाद आचार्य तथा नेपाल शिक्षक महासंघका अध्यक्ष श्री चेतनाथ पन्त लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।
१०० जना भन्दा धेरैको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमबाट श्री चित्र प्रसाद देवकोटा को अध्यक्षतामा नौ सदस्य कार्यसमिति गठन गरेको छ। जसको उपाध्यक्षमा मन वहादुर कुमाल, सचिव रामेश्वर पोखरेल, कोषाध्यक्ष रामजी भट्टराई रहेका छन्।
त्यस्तैगरी समितिका अन्य सदस्यहरूमा रामकाजी अधिकारी, दुर्गा सापकोटा, प्रदीप चन्द्र देवकोटा र खिला बहादुर सुनार रहेका छन् ।
समाजले शिक्षकहरूका हकहितका लागि विगत लामो समयदेखि विभिन्न प्रकारका प्रयासहरु गर्दै आइरहेको निवृत्त शिक्षक समाज गोरखाका अध्यक्ष रामबाबु श्रेष्ठले बताउनुभएको छ।
