पौष १७,२०८२ बिहीवार
काठमाडौं । गायक तथा सर्जक रेशम परियारको नयाँ पन्चेबाजा गीत ‘कुवा पानीको’ आज औपचारिक रूपमा बजारमा आएको छ। रेशम परियारकै शब्द, संगीत तथा निर्देशनमा तयार भएको यो गीत युट्युब च्यानल रेशम परियार मार्फत सार्वजनिक गरिएको हो।
गीतमा रेशम परियारसँगै मिठु चेपाङ, इबसल सञ्ज्याल र मनु राना मगरको स्वर रहेको छ। ग्रामीण परिवेश, मौलिक संस्कृति र जीवनशैलीलाई समेटेर तयार गरिएको भिडियो दर्शकको मन जित्ने खालको रहेको छ।
भिडियोमा विभिन्न कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ भने छायांकन मरुभूमि नारायणले गरेका हुन्। सम्पादन रोशन धितालले गरेका छन्। गीतको एरेञ्ज अनमोल बस्नेत क्षेत्रीले गरेका छन्।
‘कुवा पानीको’ गीतले नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान दिने विश्वास निर्माण टिमले लिएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
मिठु चेपाङको आवाजमा रहेको दोस्रो पन्चेबाजा नयाँ गीत ‘कुवा पानीको’ आज सार्वजनिक
