Gorkha Sansar

शिक्षकहरूका लागि एक दिवसीय ध्यान शिविर हुँदै; गजल बादशाह राेदनकाे प्रस्तुति रहने

पाैष ८, गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित अाेशाे कैलाश ध्यान केन्द्रमा अागामी पाैष १२ गते शिक्षकहरूका लागि शिक्षामा याेग क्रान्ति अन्तर्गत एक दिवसीय बिशेष ध्यान शिविर कार्यक्रम सञ्चालन हुँदैछ ।

अाेशाे कैलाश ध्यान केन्द्रमा पाैष १२ गते शनिबारका दिन पालुङटार नगरपालिका,भानु नगरपालिका, बन्दीपुर र अाँबुखैरेनी गाउँपालिका भित्रका शिक्षकहरूकाे उपस्थितिमा बिशेष याेगाभ्यास तथा ध्यानको अभ्यास तथा बिबिध कार्यक्रम सञ्चालन हुने ध्यान केन्द्रका सञ्चालक स्वामी प्रेम सुभाषले जानकारी दिनुभयाे । सुभाषका अनुसार कार्यक्रममा अन्तराष्टिय ख्यातिप्राप्त याेग गुरू स्वामी याेगानन्दले सहजीकरण गर्नुहुनेछ ।

अहिलेकाे दुनियाँमा सबै व्यस्त र बेफुर्सदी भइरहेकाे र तनाव व्यवस्थापन गर्न नसक्दा बिभिन्न प्रकारका मानवीय अकल्पनीय दुर्घटनाहरू समेत भाेगिरहेकाे परिबेशमा यस कार्यक्रमले तनाव व्यवस्थापन गर्न निकै सहज हुने बताइएकाे छ । यसका साथसाथै शिक्षामा याेगलाइ कसरी जाेडने र याेगबाट शिक्षामा कसरी क्रान्ति ल्याउन सकिन्छ भन्ने लगायतका बिषयमा सहजीकरण हुनुका साथै गजल क्षेत्रमा बादशाहका रूपमा परिचित हुनुभएका प्रदिप राेदनकाे बिशेष प्रस्तुति पनि रहने बताइएकाे छ ।

कार्यक्रममा सहभागी हुने शिक्षकरूले सकेसम्म लचकदार कपडा लगाएर अाउँदा सहज हुने स्वामी सुभाषले बताउनुभएकाे छ भने सहभागी शिक्षकहरूका लागि बिहानकाे खाना र दिउँसाेकाे खाजा ध्यान केन्द्रमा नै उपलब्ध गराइने पनि अायाेजकले जनाएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.