Gorkha Sansar

अंग्रेजी शिक्षकहरूका लागि एकदिने कार्यशाला गाेष्टी सम्पन्न

पाैष ५, गाेरखा ।
डा.रविन्द्र कंडेल
अङ्ग्रेजी शिक्षकहरूको पेशागत संगठन नेल्टाले गोर्खा जिल्लाका विभिन्न विद्यालयहरूमा अङ्ग्रेजी अध्यापन गराउँदै आएका शिक्षकहरूका लागि एक दिवसीय तालिम सञ्चालन गरेको छ।
पौष ५ गते शनिबारका दिन गोर्खाको होटल सत्यम को सभा हलमा नेल्टा गोरखाका अध्यक्ष टेकबहादुर उपरकोटीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयबाट ४० जना भन्दा बढी अंग्रेजी शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रशिक्षकहरु डा . वसन्तराज कँडेल, डा.कृष्णप्रसाद पराजुली तथा लक्ष्मण बाबु आचार्यले आइटम एनालाइसिस तथा अनुसन्धान प्रक्रिया र आइसिटीको प्रयोग लगायतका विषयहरुमा सहजीकरण गरेका थिए ।
गोर्खा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्र खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।प्रमुख अतिथिको रुपमा बोल्दै खड्काले अंग्रेजी शिक्षकहरूले सञ्चालन गरेको कार्यक्रमप्रति सराहना गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने र विद्यालयमा अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेल्टा गोर्खाका सचिव अनिल अमगाईले सञ्चालन गर्नुभएको कार्यक्रममा नेल्टा गोरखाका सहसचिव श्याम पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेल्टा गण्डकीका अध्यक्ष कमलराज लम्साल, नेल्टा गण्डकीका सल्लाहकार डाक्टर नवराज न्यौपाने लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.