४ पुस,
गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा मधेश प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले अाज सिंगाे सदनबाट बिश्वासकाे मत पाउनुभएकाे छ ।
अाज बसेकाे प्रदेश सभा बैठकमा उहाँलाइ सभामा उपस्थित भएका १० अाेटै दलका ९२ सांसदले विश्वासको मत दिएका हुन् ।
प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले उहाँलाइ विश्वासको मत दिएका छन् ।
गत मंसिर २१ गते पद तथा गोपनियताका शपथ लिनुभएका यादवले सोही दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गर्नुभएकाे थियाे।
१०७ सदस्य मधेश प्रदेशसभामा सरकारको विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ । प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ ।
