Gorkha Sansar

तेश्राे वडाध्यक्ष कप शिक्षक भलिबल प्रतियाेगिता शुरूः अाज ४ खेल सम्पन्न, भाेलि फाइनल हुने

गाेरखा,पाैष ४ गते

पालुङटार नगरपालिका वडा नं. ९ काे आयाेजना र  श्री धर्माेदय माध्यमिक विद्यालयकाे व्यवस्थापनमा तेस्रो वडा अध्यक्ष कप मैत्रीपूर्ण भलिबल प्रतियाेगिता काे उदघाटन भएकाे छ ।

पालुङटार नगरपालिकाका नगरप्रमुख बिवश चिन्तनले प्रमुख अतिथिकाे रूपमा खेलकाे उदघाटन गर्दै खेलाडी शिक्षकहरूलाइ हाैसला प्रदान गर्नुभएकाे थियाे । पालुङटार शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मनाेज नेपालीकाे उपस्थितिमा समुदघाटन भएकाे खेलमा अाजै ४ खेल सम्पन्न भएका छन् । भाेलि सेमी फाइनल र फाइनलकाे खेल सञ्चालन हुने अायाेजकले जनाएकाे छ ।

खेलमा नगरपालिका भित्रमा सामुदायिक तथा संस्थागत बिद्यालयका गरी १२ बिद्यालयकाे सहभागिता रहेकाे छ । खेलका माध्यमबाट शिक्षकहरूलाइ समेत मनाेरञ्जन तथा पुनर्ताजगी गराउने उदेश्यका साथ अाफ्नेा वडाले हरेक बर्ष यस्ताे प्रकारकाे खेलकाे अायाेजना गर्दै अाएकाे वडा नं. ९ का वडाध्यक्ष भेजराज पाण्डेले बताउनुभयाे ।

प्रतियाेगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाइ क्रमशः खसी र बाेका काे साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलकाे माध्यमबाट शिक्षकरूका बीचमा एकता तथा सहकार्यकाे भावना अघि बढने बिश्वास लिइएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.