Gorkha Sansar

बैबाहिक बर्षगाँठमा श्रीमान श्रीमती दुवैलाइ ५०/ ५० लाखको बिमा पोलिसी उपहार

मंसीर २८, गोरखा ।
जन्मोत्वस होस वा वर्षगाँठ, हिजोआज यी सबै कुरामा फजुल खर्च गरी मनाउँदै जाने परम्परा बढिरहेको बेला गोरखाका एक दम्पतीले भने ५०/५० लाखको बिमा पोलिसी उपहार आदान प्रदान गरी आफ्नो बैबाहिक बर्षगाँठ मनाएका छन् ।
गोरखाको नयाँबजार स्थित अर्याल मेडिकल हलका सञ्चालक बिनोद अर्याल र ज्ञानु अधिकारी अर्यालले आज आफ्नो २२ औं बैबाहिक बर्षगाँठका अवरमा नेपाल लाइफ इन्सुरेन्सको नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना (१५ बर्षे) बिमा पोलिसी लिएर उपहार स्वरुप एक आपसमा आदान प्रदान गर्नुभएको हो ।
महंगा सुन, गहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च आफू मात्रै नभई आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिने संस्कृति को विकास गर्न जरुरी रहेको निष्कर्ष सहित समाजमा एउटा सन्देश समेत दिने उदेश्यका साथ आफले यस्तो गरेको अर्याल बताउनुहुन्छ ।
नेपाल लाइफ इन्सुरेन्स गोरखाका सिनियर एजेन्सी म्यानेजर सोम कुमार श्रेष्ठमार्फत उहाँहरुले उक्त पोलिसी लिएको गोरखा उपशाखाका प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बिमाका बारेमा उत्पन्न हुने नकारात्मकतालाई समेत चिर्दै यस्ता कार्यहरुले समाजमा सकारात्मक सन्देश दिने समेत प्रमुख अधिकारीले बताउनुभयोे ।
अर्याल दम्पती बिगत लामो समयदेखि गोरखाको मेडिकल सञ्चालन गर्दै आइरहनुभएको छ ।

हामीहरु सबैको तर्फबाट अर्याल दम्पतीको २२औं बैबाहिक बर्षगाँठको शुभकामना ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.