Gorkha Sansar

पालुङटारमा अंग्रेजी बिषय समिति गठनः अध्यक्षमा भाइकृष्ण सुनार

मंसिर २८, गोरखा

गाेरखाकाे पालुङटार नगरपालिकाले असल सिकाइ अभ्यास अादान प्रदान कार्यक्रमसंगै अाज एक कार्यक्रमका बीच भाइकृष्ण सुनारकाे अध्यक्षतामा ७ सदस्यीय अंग्रेजी बिषय काे बिषयगत समिति गठन गरेकाे छ ।

अाज नगरपालिकाकाे सभाहलमा सञ्चालन भएकाे नगरस्तरीय कक्षा ४ देखि १२ सम्म अध्यापनरत शिक्षकहरूकाे भेलाले साे समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा ज्याेति धिताल, सचिवमा डा.रविन्द्र कंडेल, सहसचिवमा इश्वर देवकाेटा र काेषाध्यक्षमा सुनिता पाैडेल रहनुभएकाे छ । जसकाे सदस्यहरूमा गिरिजा अाले र दिप्सना गिरी रहनुभएकाे छ ।

सभाहलमा नगरप्रमुख बिवश चिन्तनकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षा,युवा तथा खेलकुद शाखा पालुङटारका प्रमुख मनाेज सिर्मल ले गर्नुभएकाे थियाे । उहाँले विषयवस्तुकाे अाैचत्य तथा अागामी दिनमा गरिने रणनिती तथा शैक्षिक गुणस्तर बृद्धिका लागि गर्न सकिने पहल लगायततका बिषयमा सहजीकरण गर्नुभएकाे थियाे भने श्राेत शिक्षक सन्ताेष पाण्डेले सञ्चालन गर्नुभएकाे थियाे ।

नगरपालिकाले अाफ्नाे पालिकाभित्रका विद्यालयहरूले गरेका फरक नयाँ अभ्यासहरूकाे अादान प्रदान गर्ने तथा शैक्षिक गुणस्तर सुधारका लागि थप प्रयास गर्ने उदेश्यअनुरूप ५ अाेटा अनिवार्य विषयहरूकाे विषयगत समितिकाे गठन गर्ने र ती समितिहरूलाइ सक्रिय बनाएर अगाडी बढाउने तयारी गरिरहेकाे नगर प्रमुख चिन्तनले बताउनुभएकाे थियाे । यसै अनुरूप हिजाे नेपाली बिषयकाे समिति गठन भइसकेकाे र भाेलि बिज्ञान बिषयकाे र पर्सि गणित बिषयकाे समिति गठन गरिने शिक्षा शाखा प्रमुख सिर्मलले जानकारी दिनुभयाे ।

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.