२७ मंसिर २०८२
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित च्याङली बचत तथा ऋण सहकारी संस्था लि.काे १४ बार्षिक साधारण सभा अाज संस्थाका अध्यक्ष वसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
जीवन ज्याेति मा.वि. काे सभाहलमा सम्पन्न भएकाे साधारणसभामा उच्चतम शिक्षा (विद्यावारिधी अध्ययन) पूरा गर्नुभएका डा.रविन्द्र कंडेल लगायतकालाइ सम्मान गरिएकाे थियाे । उक्त संस्थाका शेयर सदस्य डा. कंडेल साे सहकारी सदस्यहरूमध्ये पि.एच.डी. गर्ने पहिलाे व्यक्ति हुनुहुन्छ । उहाँ जीवन ज्याेति मा.वि.का शिक्षक लगायत बिभिन्न सञ्चारमाध्यम तथा संघसंस्थाहरूसंग अावद्ध हुनुहुन्छ । त्यस्तै गरी सहकारी शेयर सदस्यहरूका छाेराछाेरीमध्ये २०८१ काे एस.इ.इ. परीक्षामा सामेल भएर सर्वाेत्कृष्ट अंक ल्याउने व्यक्तित्वहरूलाइ समेत सम्मान गरेकाे थियाे । त्यस्तै गरी संस्थाका जेष्ठ नागरिक मधुमाया श्रेष्ठलाइ समेत सम्मान गरेकाे थियाे ।
संस्थाका सचिव गणेशलाल श्रेष्ठ र सहसचिव चिजा पाण्डेले संयुक्त रूपमा सञ्चलन गरेकाे उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष छवि श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै गरी संसथाका अध्यक्ष बसन्त कुमार श्रेष्ठले संस्थाकाे प्रगति प्रतिवेदन र सचिव गणेशलाल श्रेष्ठले संस्थागत प्रतिवेदन पेश गर्नुभएकाे थियाे भने लेखा समिति संयाेजक शुक्र बहादुर बि.क.ले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा पालुङटार नगरपालिका वडा नंं . ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले मन्तव्य राख्नुभएकाे थियाे भने संस्थाका काेषाध्यक्ष कुमार प्रसाद ढकाल, सदस्य काेपिला कुमाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थामा कूल २८० सदस्य रहेका छन भने करीब ३ कराेडकाे अार्थिक काराेबार रहेकाे छ ।

