शनिबार अन्दाजी ५:५० बजेको समयमा तनहुँ बन्दीपुर गा.पा.-५ ढाब स्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रेबाट आँबुखैरेनी तर्फ जाँदै गरेको लु २८ प ७१६३ नं.को. मो.सा. चालकले नियन्त्रण गुमाई सडक छेउको डिभाईडरमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला तनहुँ देवघाट गा.पा. २ बस्ने बर्ष अं. २३ को झक ब. थापा कम्मर,चिउडो र शरिरको भित्री भागमा चोट बोल्न सक्ने अवस्था मध्यम रहेको अर्का पछाडी सवार जिल्ला नवलपरासी मध्यबिन्दु न.पा. ९ बस्ने बर्ष २२ की देउ कुमारी रेश्मी शरिरको भित्री भाग,निधारमा र ओठमा चोट अवस्था मध्यम रहेको र उपचारको लागि मोती अस्पताल डुम्रे तनहुँमा पठाईएकोमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागी CMC भरतपुर चितवन पठाईएकाे छ भने
उपचारमा आमा कुमितरा रेश्मी मगर (९७०२५५७११९) संलग्न रहेको डुम्रे प्रहरीले जनाएकाे छ
त्यसैगरी शनिबार राति १०:४० बजेको समयमा तनहुँ बन्दिपुर गा पा वडा न ४ बिमलनगर स्थित पृथ्बीराजमार्गमा डुम्रे देखि आबुखैरेनी जाँदै गरेको ग १२ प ५८८५ न को मो सा चालकले नियन्त्रण गुमाई सडकमा पल्टी दुर्घटना हुदा मो सा चालक जिल्ला गोरखा पालुङटार न पा वडा न ७ बस्ने वर्ष २८ को सन्तोष सुनार टाउकोमा चोट अबस्था सामान्य उपचारमा निजको दाई बुदि सुनार (९८४६४०८२९९) संलग्न रहेको उपचारको लागि लक्ष्मी सि टी हस्पीटल लगेको प्रहरीले जनाएको छ ।
तनहुँमा छुट्टाछुट्टै मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते
