बुटवल ।
अाइ.टी. क्षेत्रमा प्रख्यात नाम हाे वर्डप्रेस । यही वर्डप्रेसले अाइ.टी. क्षेत्रमा रूचि राख्ने व्यक्तिहरूका लागि सिक्ने, नेटवर्क बनाउने र समुदाय निर्माण गर्ने अवसर प्रदान गर्ने भएकाे छ ।
राजधानी भन्दा बाहिर बुटवलमा आगामी २३ र २४ जनवरी (माघ ९ र १० गते) वर्डप्रेसकाे राष्टिय सम्मेलनले अवसर प्रदान गर्न लागेकाे हाे । ‘वर्डक्याम्प नेपाल २०२६’ ले वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई-कमर्स समाधानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको वर्डप्रेसको माध्यमबाट नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउन सकिने पनि अायाेजकले जनाएकाे छ ।
‘वर्डक्याम्प नेपाल २०२६’ बुटवलकाे मणिग्राम विश्राम बाटिकामा सञ्चालन हुनेछ। प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनीलाई वर्डक्याम्प नेपाल २०२६ का लागि छनोट गरिएको आयोजकले जनाएको छ ।
आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य, भ्यू-प्वाइन्ट र पार्कहरूले भरिपूर्ण बुटवल मा देशैभरका बिभिन्न जिल्लाबाट र बिदेशबाट समेत सहभागीहरूकाे उपस्थिति हुने जनाइएकाे छ । वर्डक्याम्प नेपाल २०२६ ले नेपालभरिका वर्डप्रेस प्रेमीहरू, डेभलपर, डिजाइनर, कन्टेन्ट क्रिएटर र प्रयोगकर्ताहरू सहभागी हुनेछन् । उक्त कार्यक्रममा पहिलाे दिन वर्डप्रेसका लागि उपयाेगी हुने गरी कार्यक्रम सञ्चालन गरिनेछन भने दाेश्राे दिनमा विशेषज्ञ वक्ता, प्यानल छलफल र व्यवहारिक कार्यशालाहरू आयोजना गरिने आयोजकले जनाएको छ ।
यसका लागि अनलाइन टिक बुकिङ खुला भइसकेकाे र सिमित सिट हुने हुँदा इच्छुकहरूले छिटै बुकिङ गर्न पनि भनिएकाे छ ।
गत वर्ष काे वर्डक्याम्प २०२५ भने पाेखरामा गरिएकाे थियाे ।
