Gorkha Sansar

विदेश संस्थाको सहयोगमा बनेको विद्यालय समुदायलाई हस्तान्तरण

भानु ।

नेपालको शैक्षिक क्षेत्रमा सक्रिय युनाटेड वल्र्ड स्कुल (युडब्लुएस) संस्थाले तनहुँको भानु नगरपालिकामा एक विद्यालय भवन निर्माण गरि समुदायलाई हस्तान्तरण गरेको छ । भानु नगरपालिका ५ बारी फाँटमा रहेको नारायणी आधारभूत विद्यालयलाई युडब्लुएसले विद्यालय भवन सोमबार हस्तान्तरण गरेको हो ।
२०२२ मा स्थापना भएको यस विद्यायका भवन जीर्ण अवस्थामा रहेको जानकारी पाएपछि विद्यार्थीलाई सहज पुर्वाधार निर्माण गर्न यो संस्थाले ११ कोठा सहितको भवन निर्माण गरिदिएको युडब्लुएसका विद्यालय परिचालक सुनिल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले विद्यालय भवन बनाउन दुवई कलेजले समेत आर्थिक सहयोग गरेका जानकारी दिदै सोमबार कलेजका १४ प्रतिनिधि र युडब्लुएस तनहुँका प्रमुख सिदार्थ योञ्जनले भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको उपस्थितीमा नवनिर्मित भवन समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो ।
२११ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा निर्मित भवनमा बालमैत्री कक्षा कोठाहरु सहित शौचालय र खानेपानीको पूर्वाधार समेत निर्माण गरिएको छ । भवन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख त्रिपाठीले दाता संस्थाहरुलाई धन्यवाद दिदे नगरपालिकाले विद्यालय र समुदायमा शिक्षाको विकासका लागि सधै सहयोग रहने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गणेशराज पन्त, युडब्लुएसका संस्थापक सुर्य कार्की, दुवई कलेजका प्रतिनिधिहरुले खुशी ब्यक्त गर्दै शिक्षा क्षेत्रमा पुु¥याएको योगदानले सकरात्मक परिवर्तन ल्याउने विस्वास ब्यक्त गरे ।
उक्त अवसरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितवरण, सास्कृति कार्यक्रम प्रदर्शन र विभिन्न अरिरिक्त कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.